• ३ माघ २०८२, शुक्रवार
  • ७ °C काठमाडौं
विद्यार्थीहरुको श्रृजनात्मक प्राविधिक प्रर्दशनीमा शम्भुशरण माध्यमिक विद्यालय प्रथम

चुरेकुञ्ज, २५ जेठ, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिकामा आयोजना गरिएको नगरस्तरिय विज्ञान, प्रविधि, ईन्जिनियरि∙, कला तथा गणीत सम्बन्धी श्रृजनात्मक सामाग्रीहरु प्रर्दशनीमा खैरापुर स्थित शम्भुशरण माध्यमिक विद्यालय प्रथम, बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय द्वितिय र ध्रुव माध्यमिक विद्यालय तुल्सीपुर तृतिय भएका छन् । 

उनीहरु क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैया बराबरको शैक्षिक सामाग्रीबाट पुरस्कृत भएका छन् । विद्यार्थीहरुले निर्माण गरेका रोवर्ट, धार्मिक तथा प्राकृतिक सम्पदा लगायत विभिन्न मेसीनरी सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो । विद्यालय लगायत घरमै पाईने सामाग्रीहरु प्रयोग गरी विद्यार्थीहरुले शैक्षिक सामाग्री श्रृजना गरेका थिए । गुलरिया नगरपालिका वडा नम्बर ६ कार्यालयको आयोजना तथा गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र प्लान ईन्टरनेशनल नेपाल एवम् बाँके युनेस्को क्लव सशक्त बालिका परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको छ । 

विज्ञान, प्रविधि, ईन्जिनियरि∙, कला तथा गणीतलाई जोडेर विद्यार्थीहरुले श्रृजनालाई कसरी प्रस्तुत गर्छन् भन्ने उजागर गर्न प्रर्दशनी आयोजना गरिएको गुलरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले बताउनु भयो । कार्यक्रम मार्फत वालवालिकाले विद्यालयमा प्राप्त गरेको अंक मात्र नभई श्रृजनशीलता देखाउन सक्ने विषयले पनि स्थान पाउने आशा उहाँको छ । नगरस्तरिय प्रर्दशनीमा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयहरु सहभागी थिए । 

गुलरिया नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पञ्चवर्षिय शिक्षा योजनालाई निरन्तरतादिदै कागगर्दै आईरहेको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सतिश यादवले बताउनु भयो । विज्ञान, प्रविधि, ईन्जिनियरि∙, कला तथा गणीत सम्बन्धी शैक्षिक सामाग्री प्रर्दशनीले विद्यार्थीहरुको क्षमता विकासमा मद्दत पुग्ने देखिन्छ । असल विद्यार्थी भित्र निहित नविनतम प्रतिभा प्रस्फुटित गर्न सकारात्मक भुमिका खेल्ने भएकाले सरोकारवाला सबै विद्यार्थीहरुलाई रचनात्मक वनाउनतर्फ लाग्नुपर्नेमा प्रमुख यादवको जोड छ । 

विद्यार्थीहरुको प्रतिभा कसरी प्रस्फुटन गर्ने भन्ने कार्यक्रमको मुल उद्देश्य रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ । विज्ञान, प्रविधि, ईन्जिनियरि∙, कला तथा गणीत सहितको संयुक्त प्रर्दशनीले शिक्षण सिकाईमा उपलब्धी हासिल हुने बाँके युनेस्को क्लवका संयोजक गोविन्द लामिछानेले बताउनु भयो । गतबर्ष गैरसरकारी संस्थाको आर्थिक सहयोगमा पालिकाले प्रर्दशनी आयोजना गरेको थियो । यस बर्ष गुलरिया नगरपालिका वडा नम्बर ६ ले कार्यक्रम आयोजना गरेपछि कार्यक्रमले निरन्तरता पाएको उहाँको भनाई छ ।  

सम्बन्धित समाचार

Facebook Comments