• २६ जेठ २०८३, मङ्गलवार
  • २६ °C काठमाडौं
संस्थाको उपलब्धी सार्वजनिकगर्दै जनजागरण महिला संघ 

दलबहादुर सुनार, २६ जेठ, बढैयाताल (बर्दिया) । जनजागरण महिला संघ, बर्दियाले बढैयाताल गाउँपालिकाका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । पालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । 

संघकी अध्यक्ष गोमा पौडेलले विगत तीन वर्षमा संस्थाले सञ्चालन गरेका कार्यक्रम र उपलब्धिबारे जानकारी दिँदै महिला, बालबालिका, अपांगता, स्वास्थ्य, कृषि, पोषण, वातावरण, लैंगिक समावेशीकरण, जीविकोपार्जन र स्रोत साधनको न्यायपूर्ण परिचालनका लागि संघले निरन्तर वकालतगर्दै आएको बताउनु भयो । कार्यक्रमकी विशिष्ट अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले संघले एकल महिला र समुदायका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै “जनजागरण महिला संघ एकल महिलाका लागि सुरक्षित छहारी बनेको बताउनु भयो । 

उहाँले संस्थाको संरक्षण र सुदृढीकरणमा सबैले सहयोग गर्नु आवश्यकता औल्याउनु भयो । संघकी उपाध्यक्ष सोनु बराइलीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा सचिव भगवती लामीछानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, विभिन्न शाखा प्रमुखहरू, संघसंस्थाका प्रतिनिधिहरू तथा एकल महिला समूहका सदस्यहरूको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments