• २१ फागुन २०८२, बिहिवार
  • २५ °C काठमाडौं
संरक्षण अभावमा कुरुप बन्दै मधुवनको ताराताल

मोहन वली, २५ असार, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ स्थित २ बिगाहा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताराताल संरक्षणको अभावले कुरुपबन्दै गएको छ । ताल सरसफाईमा ध्यान नदिँदा जलकुम्भी र लेउँले तालको स्वरुप बिग्रिएको छ । 

समुन्द्री सतह देखि १४६ मिटरको उचाईमा अवस्थित यो ताल पूर्व पश्चिम लाम्चो आकारको  छ । २ विगाहा क्षेत्रफलमा फैलिएको ताललाई हाल कुनै पनि निकाय, स्थानीय सरकारले समेत सरसफाई र संरक्षण गर्नका लागि वास्ता नगरेकाले कुरुबबन्दै गएको स्थानीय ऋषि काफ्लेले बताउनुभयो ।

सदरमुकाम गुलरियाबाट झण्डै १२ किलोमिटर पश्चिम तर्फ रहेको यस तालमा ६५ प्रकारका विभिन्न जातका चराचुरिङ्गीहरु पाईन्छन् । जसमध्ये ४ प्रकारका विदेशी चराहरु समेत तालमा आउने गरेको उहाँले बताउनुभयो । स्थानीय राम चौधरीका अनुसार तालको नामकरणका वारेमा पनि केही ऐतिहाँसीक कुराहरु छन् । 

आकासबाट तारा खसेर तालको निमार्ण भएको किम्वदन्ती छ । तारा आकारको ताल भन्दा भन्दै कालान्तरमा गएर ताराताल नाम रहन गएको काफ्लेको दाबी छ । स्थानिय वासिन्दाका अनुसार मनमोहक ताललाई, उचित तरिकाले संरक्षण, ब्यबस्थापन र बिकास गर्न सके पर्यटकिय गन्तब्य स्थल बन्न सक्ने बुझाई छ । तारातालले बर्दिया जिल्लाको नाम समेत प्रख्यात गर्न सक्छ । 

सम्बन्धित समाचार

Facebook Comments