• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
आज राती १० बजेर ११ मिनेटमा खग्रास चन्द्रग्रहण 

चुरेकुञ्ज, २२ भदौ, बर्दिया । आज खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भाद्रशुक्ल पूर्णिमाका दिन राती साढे ३ घण्टा ग्रहण लाग्ने पञ्चांगमा जनाईएको छ । 

आईतवार राती १० बजेर ११ मिनेटमा ग्रहणले स्पर्श गर्ने र ११ बजेर १५ मिनेटमा सम्मिलन हुने बताईएको छ । राती ११ बजेर ५६ मिनेटमा मध्य तथा १२ बजेर ३८ मिनेटमा उन्मिलन हुनेछ । राती १ बजेर ४१ मिनेटमा मोक्ष हुने पंचाग निर्णायक समितिले जनाएको छ । ग्रहण ३ घण्टा ३० मिनेट सम्म लाग्ने बताईएको छ । 

सनातन सँस्कृति अनुसार २०८२ साल भाद्र २२ गते आईतवार दिउँसो १ बजेर ११ मिनेटदेखि बाल, बृद्ध र आतुरलाई बाहेक अरुलाई भोजन निषेध गरिएको पंचागमा उल्लेख छ । त्यस्तै शतभिषा र पूर्वाभाद्रपद नक्षत्र कुम्भ राशीका ब्यक्तिहरुलाई ग्रहणबाट अतिकष्ट हुने उल्लेख गरिएको छ ।

हिमाल पंचागमा चन्द्र ग्रहणको फल बताईएको छ । जसअनुसार ग्रहण हेरेमा मेष राशीलाई लाभ, बृषलाई सुख, मिथुन माननाश, कर्कट कष्ट, सिंह स्त्रीपीडा, कन्या सुख, तुला चिन्ता, बृश्चिक ब्यथा, धनु श्रीप्राप्ती, मकर क्षती, कुम्भ घात, मीनलाई ब्यय हुने बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments