• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
गुलरिया नगरपालिका आसपासका क्षेत्रमा निषेधाज्ञा

विन्दु चौधरी, २३ भदौ, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया बजार क्षेत्रमा असामाजिक गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । गुलरिया सदरमुकाम स्थित बजार क्षेत्रमा केहि उच्छृंखल समुहले लाठी, भाला, लगायत हतियार बोकेर व्यक्तिहरूको सार्वजनिक शान्ति, सुरक्षामा अवरोध पु¥याउने गतिविधि गरेपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार गुलरिया नगरपालिका अन्तर्गत चारवटा स्थानमा निषेधाज्ञा लागू गरिएको छ । गुलरिया नगरपालिका पुर्वमा गणेशपुर चोकदेखि पश्चिममा बबई बहुमुखि क्याम्पस, उत्तरमा जिल्ला समन्वय समितिको कार्यालय क्षेत्र र दक्षिणमा भारतीय सिमा नाका क्षेत्र समावेश छन् । २३ गते साँझ ६ बजेदेखि लागू भई अर्को आदेश नभएसम्म निरन्तर निषेधाज्ञा जारी रहने जनाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्रभित्र हुनै प्रकारको जुलुस प्रदर्शन, सभा सम्मेसन एंव पाँच जना भन्दा बढि व्यक्ति जम्मा भई आवागमन समेत गर्न नपाउने निषेधाज्ञामा उल्लेख छ । 

स्थानीय प्रशासन ऐन २०२८ (संधोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । साथै सार्वजनिक सम्पत्ति तोडफोड, जातीय वा धार्मिक द्वेष फैलाउने, सरकार तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने जस्ता गतिविधि रोकथामका लागि आदेश जारी गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सुरक्षाका दृष्टिले आदेश पालना गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न सबैलाई सचेत रहन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments