मन्त्री तिमिल्सिनाद्वारा ओराही खोला कटान क्षेत्रमा बस्ती अनुगमन
केशव कोईराला, १८ कार्तिक, बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाले मधुवन नगरपालिका वडा नम्बर १ पत्थरबोझी स्थित मुहानघाटमा ओराही खोलाले निरन्तर कटान गर्दा वस्ती उच्च जोखिममा परेपछि स्थल निरीक्षण गर्नुभएको छ । कटानका कारण स्थानीय बासिन्दाको घर–जग्गा डुबान र विस्थापनको अवस्था सिर्जना भएपछि मन्त्री तिमिल्सिना सो क्षेत्रमा पुग्नुभएको हो ।
निरीक्षणका क्रममा उहाँले सिचाइँ कार्यालयका प्राविधिकलाई तत्काल सर्भे कार्य अघि बढाउन निर्देशन दिनुभएको छ । जोखिम न्यूनीकरणका लागि स्थायी तटबन्ध निर्माण अत्यावश्यक रहेको उल्लेख गर्दै आर्थिक वर्ष ०८२/८३ को बजेटमा तटबन्ध योजनाका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
स्थानीय बासिन्दाले धेरै वर्षदेखि खोलाको कटानका कारण त्रास र चिन्तामा बस्दै आएको बताउँदै सरकारको ध्यान आकृष्ट गराएका थिए । निरीक्षणपछि मन्त्री तिमिल्सिनाले वस्ती सुरक्षित राख्न सरकारले तत्काल आवश्यक पहल अघि बढाउने आश्वासन दिनुभयो ।
२१ °C काठमाडौं
Facebook Comments