बढैयाताल स्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रको कडाई
दलबहादुर सुनार, २० कार्तिक, बर्दिया । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म कण्ठपुर, बर्दियाले नेपाल–भारत सीमा क्षेत्रमा निगरानीगर्दै कडाइलाई तीव्र पारेको छ । लागूऔषध ओसारपसारको हबका रूपमा चिनिने बढैयाताल गाउँपालिकाको खुला सीमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले सुरक्षालाई मजबुत बनाउँदै गएको हो ।
सीमा क्षेत्रमा कडाइ बढाइएपछि लागूऔषध तथा अवैध सामानहरूको ओसारपसारमा कमी आएको सीमा सुरक्षा गुल्म कण्ठपुरले जनाएको छ । सीमा सुरक्षा, सीमा स्तम्भको संरक्षण, अपराधजन्य गतिविधिको नियन्त्रण, लागूऔषध र अवैध पैठारी रोकथामका साथै शान्तिसुरक्षा कायम गर्न सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको सीमा सुरक्षा गुल्म कण्ठपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार गौलीले जानकारी दिनुभयो ।
कार्तिक ४ गते गुल्म प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएका गौलीले यस क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणका साथै सरकारबाट प्रतिबन्धित ब्रोइलर कुखुरा, माछा र सेतो अण्डाको आयात रोक्न सशस्त्र प्रहरीले सक्रिय पहल सुरु गरेको बताउनुभयो । गाउँपालिका, वडा कार्यालय, विद्यालय, स्थानीय नागरिक समाज, पत्रकार र समाजसेवीहरूसँग समन्वय र सहकार्यगर्दै नागरिक सचेतनाका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ ।
२१ °C काठमाडौं
Facebook Comments