जेन–जी पुस्ताको परिवर्तनलाई आत्मसातगर्दै सेवा प्रवाह गरौं : प्रजिअ हमाल
केशव कोईराला, २१ कार्तिक, बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले मातहतका सरकारी निकायहरुलाई जेन–जी पुस्ताको सोच, परिवर्तन र आवश्यकता अनुसार काम गराउन आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भर्खर मात्र बर्दिया सरुवा भई आउनु भएका प्रजिअले जिल्ला प्रशासन कार्यालय गुलरियामा पत्रकारहरुसँग भएको साक्षात्कारका क्रममा बदलिँदो समय, प्रविधि र नयाँ पुस्ताको सोचलाई ध्यानमा राख्दै प्रशासनिक कार्यशैलीमा सुधार र नवीनता ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।
“समयको माग अनुसार प्रशासन लगायत कार्यालयहरुले आफ्नो कार्यशैली परिवर्तन गर्न जरुरी छ, उहाँले भन्नुभयो, अब हामी नयाँ पुस्ताको सोच अनुसार सेवा प्रवाहमा गतिशीलता ल्याउनेछौं ।” यदि कुनै कर्र्मचारीले अवैंध कार्य गरे कारवाही गर्ने उहाँको भनाई छ । कार्यक्रममा पत्रकार महासङ्घ बर्दियाका सचिव यज्ञप्रसाद सापकोटा, निवर्तमान अध्यक्ष यादव आचार्य सहित जिल्लामा क्रियाशील विभिन्न सञ्चार गृहका पत्रकारहरूको सहभागीता थियो ।
साक्षात्कार कार्यक्रममा सहभागी पत्रकारहरूले प्रशासनसँगको सहकार्य, पारदर्शिता र सूचनाको पहुँच सुदृढ गर्न सुझाव पनि दिएका थिए । जिल्लामा लागुऔषध नियन्त्रण, सीमा सुरक्षा, स्थानिय ब्यापार प्रर्बद्धन, बन्यजन्तु आक्रमण, सडक अतिक्रमण, कालो बजारी नियन्त्रण लगायत क्षेत्रमा सबल भएर काम गर्न पत्रकारहरुले सुझाएका छन् । प्रजिअ हमालले पत्रकारसँग समन्वयगर्दै जिल्लाको शान्ति सुरक्षा एवम् अमन चयन कायम गराउन सदैव तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
२१ °C काठमाडौं
Facebook Comments