बर्दियामा लागू औषधसहित ३ जना प्रहरी नियन्त्रणमा
दलबहादुर सुनार, २५ कार्तिक, बढैयाताल (बर्दिया) । बर्दिया प्रहरीले विभिन्न स्थानबाट लागू औषधसहित तीन जना युवकलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ स्थित कर्णालीपुर र गुलरिया नगरपालिका वडा नम्बर ११ महमदपुर स्थित सीमावर्ती नाकाबाट लागू औषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र कुमार मल्लका अनुसार आइतबार साँझ करिब सवा ७ बजे प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका वडा नम्बर ७, कर्णालिपुर स्थित भारतको बलै गाउँबाट नेपाल प्रवेश गर्दै गरेका २ जना साईकल यात्रीलाई शङ्कामानी चेक जाँच गरिएको थियो ।
चेक जाँचकै क्रममा साइकल यात्री बाँके जिल्ला बैजनाथ गाउँपालिका वडन नम्बर ३, उत्तरल धौरा निवासी २६ वर्षीय सुरेन्द्र थारू र सोही निवासी २५ वर्षीय रमेश थारूको साथबाट ३ ग्राम २६० मिलिग्राम र २ ग्राम ४८० मिलिग्राम तौलको लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा राखिएको डीएसपी मल्लले जानकारी दिनुभयो । सोही दिन साँझ करिब ६ बजे प्रहरी चौकी महम्मदपुर र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले गुलरिया नगरपालिका वडन नम्बर ११ स्थित भारत सिमानाबाट नेपालतर्फ आँउदै गरेका एक जना पैदल यात्रीलाइ चेक जाच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।
प्रहरीले ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ निवासी १८ वर्षीय जिवन थापाको साथबाट १ ग्राम ६४० मिलिग्राम र १ ग्राम २२० मिलिग्राम तौलको लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । थापालाई रितपूर्वक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गुलरियामा राखी आवश्यक अनुसन्धान भैरहेको डीएसपी मल्लले जानकारी दिनु भएको छ ।
२६ °C काठमाडौं
Facebook Comments