• ३१ वैशाख २०८३, बिहिवार
  • २४ °C काठमाडौं
बर्दियामा अटो–मोटरसाइकल ठोक्किँदा बृद्ध दम्पतीसहित ३ जना घाइते

दलबहादुर सुनार, मंसिर १३, बढैयाताल (बर्दिया) । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित पशुपतिबजार चोकमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा बृद्ध दम्पती सहित ३ जना घाइते भएका छन् । शनिबार बिहान करिब पौने १० बजे भएको दुर्घटनामा अटोमा सवार बृद्ध दम्पती गम्भीर घाइते भएका हुन् ।

नेपालगञ्जबाट राजापुरतर्फ जाँदै गरेको भे १२ प ६१९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ ह ६५२१ नम्बरको विद्युतीय अटो आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । घाइतेमध्ये गुलरिया नगरपालिका–११, लालपुरका करिब ६१ वर्षीय इस्लाम अली र ५७ वर्षीया मुनिया अलीको अवस्था गम्भीर रहेको परिवारजन राजअलि साइले बताउनु भएको छ । 

घाइते तीनै जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको र सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक मनि प्रसाद थारु तथा अटो चालक तुलसीराम वडईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अच्युत गिरीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments