स्वर्गिय राकेश बस्याल मरणोपरान्त सम्मानित
चुरेकुञ्ज, मंसिर २६, गुलरिया । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) लाई मरणोपरान्त सम्मान गरिएको छ । ७७ औं विश्व मानव अधिकार दिवसको अवसर पारेर राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले स्वर्गिय बस्याललाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले नेपालमा प्रजातन्त्र पुनस्र्थापना गर्ने अभियानमा बस्यालले पुर्याउनु भएको योगदान र गर्नु भएको अटुट संघर्ष, नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन (प्रकाशन २०५१ कार्तिक २७ गते) को सहलेखक, हाम्रो नयाँ मुलुक साप्ताहिक पत्रिकाको स्तम्भकार, बर्दियामा छापाखानाको संचालन लगायतका विविध योगदानको मूल्यांकनगर्दै स्वर्गिय बस्याललाई सम्मान गरिएको बताउनु भयो ।
त्यस्तै बस्याल नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष, केन्द्रिय उपाध्यक्ष पदमा रही पत्रकारिताको विकासमा पुर्याउनु भएको योगदान, प्रकृति तथा बातावरण संरक्षण अभियानमा निरन्तर आजीवन पुर्याउनु भएको योगदानको कालजयी स्मरण र उच्च मूल्यांकनगर्दै बौद्धिक तथा सामाजिक ब्यक्तित्व बस्याललाई संस्थाले मरणोपरान्त सम्मान पत्र प्रदानगर्दै सदैव वैकुण्ठवासको कामना गरेको छ । संस्थाका अध्यक्ष श्रेष्ठले स्वर्गिय बस्यालकी धर्मपत्नीलाई दोसल्ला ओढाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो । बस्यालको २०८२ असार २९ गते मोटरसाईकल र्दुघटनामा परी स्वर्गारोहण भएको थियो । उहाँका श्रीमती १ छोरी र १ छोरा छन् ।
२६ °C काठमाडौं
Facebook Comments