गुलरियामा अवस्थित ध्रुव माध्यमिक विद्यालय ३ तारा घोषित
मुरली गोडिया, मंसिर २७, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालि वडा नम्बर ४ स्थित तुल्सीपुरमा रहेको ध्रुव माध्यामिक विद्यालयलाई औपचारिक रुपमा ३ तारा विद्यालय घोषणा गरिएको छ । स्वच्छ विद्यालय स्वस्थ विद्यार्थी अनुसार विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छतामा पुर्ण रहेको भन्दै तीन तारा विद्यालय घोषणा गरिएको हो ।
नेपाल सरकारले २०७४ मा ल्याएको खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धि नितीलाई आधार मानी गुलरिया नगरपालिकाले २०८१ म आफनै कार्यविधि बनाई विभिन्न १० वटा सुचक तोकेको छ । गुलरिया नगरपालिकाले निर्माण गरेको कार्यविधी अनुरुप विद्यालयमा हुनुपर्ने खानेपानी, सरसफाई तथा महिनावारी स्वच्छता सम्बन्धि सवै सुचकहरु पुरा भएपछि एक कार्यक्रमका बीच गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सतिश यादवले ध्रुव माविलाई ३ तारा विद्यालय घोषणा गर्नु भएको हो ।
घोषण समारोहमा विद्यालयलाई ३ तारा प्रमाणित प्रमाणपत्र प्रदान गर्दै ३ तारा निर्माणमा जसरी सर्वपक्षिय सहकार्य भएको थियो, सोही अनुसार यसको दिगोपनाका लागी सहकार्य गर्नुपर्ने बताउँदै यसका लागी पालिका समेत तयार रहेको यादवले बताउनु भयो । विद्यालयमा प्रर्याप्त मात्रामा स्वच्छ खानेपानी, प्रयाप्त मात्रामा आपाङ्ग मैत्री शौचालय, महिनावारी आराम कक्ष लगायतका संरचनाहरु निर्माण गरिएका छन् ।
घोषणा सभा श्री धु्रव माविको आयोजना, युके ऐड तथा वाटर ऐडको सहयोग, बेस संस्था, राष्ट्रिय आपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्र द्धारा संचालित वास गेन्स परियोजनाको सहकार्यमा भएको थियो । सभामा बोल्दै वाटर ऐड नेपालका परियोजना प्रबन्धक उमाशंकर यादवले सवैको साथ र सहयोगले ३ तारा विद्यालय घोषणा गर्न सफल भएको भन्दै विद्यालय परिवारलाई बधाई दिनु भएको छ । सम्पुर्ण सुचकहरु पुरा गरे संगै यसका निरन्तरताका लागी विद्यालय परिवार, स्थानिय पालिकाले अग्रसरता देखाउनु पर्ने सुझाव दिनु भयो ।
विद्यालयमा विद्यार्थीहरुमा आएको व्यवहार परिवर्तनले गुणस्तरिय शिक्षा प्राप्तीमा महत्वपुर्ण योगदान पु¥याउने यादवले विश्वास व्यक्त गर्नु भयो । घोषणा सभामा वडा नम्बर ४ वडा अध्यक्ष सुरेश गौतम, ९ का वडा अध्यक्ष हरि प्रसाद पासी, पुर्व वडा अध्यक्ष रामबहादुर रावल लगायतले विद्यालयलाई बधाई दिदै ३ ताराको दिगोपनाका लागी ध्यान दिन सुझाव दिनु भएको छ । घोषणा सभा कार्यक्रममा विद्यालय ३ तारा बनाउन योगदान पुर्याउने सहयोगी संस्था, विद्यालय परिवारका शिक्षक, किशोरी क्लब, बाल क्लबलाई सम्मान समेत गरिएको थियो । हाल सम्म वासगेन्स परियोजनाको सहयोगमा परियोजना संचालित ३३ वटा विद्यालय मध्ये स्थानिय कार्यविधि अनुसार १२ वटा विद्यालय ३ तारा घोषणा गरिएको छ ।
२६ °C काठमाडौं
Facebook Comments