• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
बर्दियाको राजापुरमा गतिशिल लोकतान्त्रिक पार्टीको किसान केन्द्रित भेला

केशव कोईराला, पुष ०४, राजापुर (बर्दिया) । गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले मुलुकको आर्थिक समृद्धि र रोजगारी वृद्धिलाई लक्षितगर्दै बर्दियाको राजापुरमा किसान केन्द्रित भेला सम्पन्न गरेको छ । पार्टीका अध्यक्ष दिनेश प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा किसानहरूको उत्पादन बिक्री गर्दा उनीहरूले न्यायोचित मूल्य पाउनु पर्नेमा जोड दिइएको छ । 

कार्यक्रमका सहभागी वक्ताहरूले कृषि क्षेत्रको विकास बिना समग्र आर्थिक समृद्धि सम्भव नभएको बताए । भेलामा पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र बहादुर बस्नेतले गेरुवा–राजापुर क्षेत्रका किसानहरूलाई आपसमा जमिन एकीकृत गरी धान मिल सञ्चालन गर्न सुझाव दिनुभयो । यसले उत्पादनको बजारीकरण सहज हुने, लागत घट्ने र किसानको आम्दानी बढ्ने उहाँको भनाइ छ । 

स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागी किसान लक्ष्मी चौधरीले किसानको हकहितका विषयमा राजापुर अहिले सम्म आउने नेताहरूले आश्वासन मात्रै दिने गरेको गुनासो गर्नुभयो । गतिशील लोकतान्त्रिक पार्टीले ल्याएको एजेन्डा बास्तबिकतामा परिणत हुन सके किसानहरूलाई निकै राहत हुने भन्दै स्वागत योग्य कार्य कार्यन्वयन गर्न उहाले आग्रह गर्नुभयो । 

कार्यक्रममा युबा अभियन्ता सत्यनारायण थारुले किसानको हितमा आएको अबसर कसैले पनि छुट्टाउन नहुने भन्दै अबसरको सहि सदुपयोग गर्न सके भौराटप्पा बासीको मुहार परिवर्तन हुने धारणा राख्नुभयो । १० औं बिगाह जमीन भएपनी यहाँका किसानले बैंकमा ऋण लिन जादा नपाउने दुःखेसो गर्दै अभियन्ता थारुले किसान एकताको खाँचो औल्याउँनु भयो । गतिशील लोकतान्त्रिक पार्टीले आगामी दिनमा पनि किसानको हकहित र कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments