जीवनभर सेवामा हुँदा सम्पुर्ण कुरा सफेद देख्नेले सेवा बाहिर हुनासाथ खैरो कसरी देख्छ ?
मुकुन्द अर्याल, पुष १२, बर्दिया । यो मानबिय स्वाभाब हो, अबिकास हो, गरिबी हो, पछ्यौटेपन हो, छलाङ्ग हो, डाइनामिजम हो या के हो ? म बुझ्दिन तर अकस्मात मानिसले कसरी “पल्टी मार्छ “ होला ? तुरुन्तातुरुन्तै कसरी बोली फेर्छ होला, मिनेट अगाडी सन्सारकै राम्रो र प्रगतिशील, समाजबादी या बैज्ञानिक भन्ने गरेको उसको सिद्धान्त मिनेट पछाडी नै कसरी प्रतिगामी बन्न पुग्छ होला ? एकदिन अगाडी अत्यन्तै सादगी, उच्चकोटिको, महान क्रान्तिकारी र त्यागी नेता एकदिन पछाडी घोर प्रतिक्रियाबादी र भ्रष्टाचारी कसरी बन्न सक्छ होला ? यो बास्ताबबै निमष भरमै यस्तो हुन जान्छकी यसको पछाडी केही कारण हुन्छ होला । मिनेट पछाडि उसले डाँको छोडिछोडी भनिरहेको कुरा मिनेट अघाडी किन नभनेको होला ? बास्ताबमा के तत्व हुन्छ तेस्तो ?
एउटा कुरा गजब लाग्छ । नेता पदबाट खुस्केपछि, कर्मचारी रिटायर्ड भएपछि, खेलाडीले खेल्न छोडेपछि, पार्टी कार्यकर्ताले पद या टिकट नपाएपछि बल्ल बुद्धि आउँछ । या तत÷तत ठाउँमा रहिरहँदा त्यो सबै सुषुप्त अबस्थामा रहन्छ ? कि अरु नै कारणहरु हुन्छन । जीवन भर एउटा पेशामा रहिरहदा उसले तिनै काम÷कुरा गरिरहेको हुदैन जुन उ त्यो स्थानबाट बाहिर आउनासाथ आदर्शात्मक कुरा गर्न शुरु गर्दछ । मानौ उसले आकाशको जुन झार्न सक्छ । यो मानबिय स्वाभाब हो या अरु कुनै कुराको कमाल । कि त्यो संरचना भित्र रहेर गर्नै नसकिएको बाध्यात्मक परिस्थितिको उपज हो ।
कि मानव धर्म नै यस्तै हुन्छ ? कि मानव स्वभाव । जीवन भर निति निर्माण तहमा रहेर काम गरेको एउटा सचिब तहको राष्ट्र सेवकले आफू सेवा निबृत भइसकेपछि बडो आदर्शात्मक तवरबाट लेख्छ । युट्युबबाटै प्रशासण शुरु गर्छ । नीति कानून कुनै ठिक छैनन् । सबका सब बेइमान छन् । जीवन भर आफू सेवामा हुँदा सम्पुर्ण कुरा सफेद देख्नेले आज सेवा बाहिर हुनासाथ सम्पुर्ण कुरा खैरो कसरी देख्छ होला ? त्यो उसको डर हो, कुण्ठा हो या जिम्मेवारी हो ।
कि अरु नै केही होला ? हिजो सम्म आफू पदमा रहदा लाभको पद ग्रहण गरिरहदा सम्पुर्ण कुरा ठिक लाग्ने उसले टिकट नपाउदा, हार्दा या लाभको पद आफ्नो पोल्टामा नपर्दा सम्पुर्णकुरा आज एक्कासि खराब कसरी लाग्छ होला ? त्यो पनि एकदमै छिट्टै । यस्तो हुन्छ या यस्तो गराउने कुनै खास भित्रि तत्व हुन्छ होला ? पदमा नपुगेका, अबसरनै नपाएका, स्वतन्त्र नागरिक, ट्याक्स पेयर्सहरुले भन्नू स्वाभाबिक हो । हक पनि हो । तर जिन्दगी पदमा बसेर बिताएका, लाभको पद हासिल गरेका, निति निर्माण तहमा बसेर काम गरेका मनुवाहरुको आदर्श कसले पत्याइदिन्छ होला ? म छक्क छु । हेर्छु,पढ्छु, सुन्छु र सोच्छु आखिर कुन बुटीको असर होला यो ?
११ °C काठमाडौं
Facebook Comments