अक्षयकोष स्थापनार्थ सामुदायिक वनद्वारा विद्यालयलाई १ लाख ११ हजार रुपैया आर्थिक सहयोग
दलबहादुर सुनार, पुष १३, बढैयाताल (बर्दिया) । श्रीविद्याज्योति माध्यमिक विद्यालय कण्ठपुर बर्दियाको ऐतिहासिक स्वर्ण महोत्सवको अवसरमा तिलकाना सामुदायिक वन उपभोक्ता समूह बढैयाताल ८ ले १ लाख ११ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । उपभोक्ता समूहका अध्यक्ष मनबहादुर घर्ती मगरले स्वर्ण महोत्सवका अवसरमा अक्षयकोष स्थापनार्थ रकम सहयोग गर्नुभएको हो ।
उहाँले विद्यालय व्यवस्थापन समितिका संयोजक तेजनाथ पौडेललाई सो रकम हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण गरिएको रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले अक्षय कोष स्थापनाको लागि हस्तान्तरण गरिएको सामुदायिक वनका अध्यक्ष मनबहादुर घर्ती मगरले जानकारी दिनु भएको छ ।
अक्षय कोषको रकम बुझ्दै अक्षकोष व्यवस्थापन समितिका संयोजक बढैताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष समेत रहनुभएका तेजनाथ पौडेलले सामुदायिक वनलाई धन्यवाद ज्ञापन गर्नुभयो सामुदायिक वनले सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएको प्रति वडा अध्यक्ष पौडेलले प्रशंसा समेत गर्नुभयो ।
२६ °C काठमाडौं
Facebook Comments