• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
जाडो बढेसँगै राजापुर स्थित दशरथचन्द्र माध्यमिक विद्यालयमा ३ दिन विदा

पुरुषोत्तम खनाल, पुष १५, बर्दिया । मौसम प्रतिकुल भएर हुस्सु र कुहिरोसहित शीतलहरका कारण अत्यधिक चिसो बढेसँगै राजापुरमा जाडो विदा दिइएको छ । केही दिनदेखि घाम नलागेर अत्याधिक चिसो बढेपछि अभिभावकको अनुरोधमा अमर शहीद श्रीदशरथ चन्द मा वि राजापुरले बुधवार, विहिवार र शुक्रवार तिन दिन विदा दिएको हो । 

शीतलहर शुरू भएलगत्तै विद्यालयमा विद्यार्थीको उपस्थिति पनि पातलिदै गएको र आएका पनि विभिन्न स्वास्थ्य समस्या देखाउँदै घर जान थालेपछि विदा गरिएको हो । अभिभावकले निरन्तर गुनासो गर्न थाले पछि बालबालिकाको स्वास्थ्य अवस्थालाई बिचार गर्दै वर्षे विदाबाट कट्टा हुने गरी  विदा दिइएको प्रधानाध्यापक सरोज कुमार झाले वताउनु भयो ।  

बढ्दो जाडोले खासगरी विहानी शत्र र आधारभूत तहका स–साना बाल बालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल पाण्डेले वताउनु भयो । पछिल्लो एक हप्ता यता बाक्लो हुस्सुले ढाक्दै आएकाले पालिकाले सबै विद्यालयमा विदा दिनु उपयुक्त हुने विव्यस अध्यक्ष पाण्डेको सुझाव छ । पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ राजापुर र गेरुवाका मुख्य बजारको चहलपहल पनि निकै घटेको छ ।

सम्बन्धित समाचार

Facebook Comments