विद्यालयमा स्थापित स्वर्गिय लक्ष्मण कठरियाको शालिक अनावरण
केशव कोईराला, १५ पुष, राजापुर (बर्दिया) । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रको बिकासका निम्ति जस्तो सुकै कदम चुकाउन पछि नपर्ने बताउनु भएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधनगर्दै तिमिल्सिनाले येस्तो बताउनु भएको हो ।
प्रदेशबासी हरुको लगनशीलताका कारण साक्षर प्रदेश घोषणा गर्न सफल भएको भन्दै शिक्षित प्रदेश बनाउन सबै जुट्नु पर्ने धारणा राख्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाता स्वर्गीय लक्ष्मण कठरियाको नव–निर्मित सालिक अनावरण गर्नुका साथै ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख उद्दव कुमार श्रेष्ठ, वडा अध्यक्ष रामचन्द्र चौधरी लगायत शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
२६ °C काठमाडौं
Facebook Comments