बर्दियाको राजापुरमा दोस्रो सूर्यप्रसाद घिमिरे स्मृति कप क्रिकेट सुरु
पुरुषोत्तम खनाल, पुष १५, बर्दिया । बर्दियाको राजापुरमा दोस्रो सूर्य प्रसाद घिमिरे स्मृति क्रिकेट कप प्रतियोगिता सुरु भएको छ । राजापुर नगरपाालिका र गेरुवा गाउँपालिकाको सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा स्वर्गीय शिक्षक सूर्य प्रसाद घिमिरे स्मृति अन्तर विद्यालय स्तरीय क्रिकेट पूतियोगिताको सुभारम्भ भएको हो ।
स्वर्गीय घिमिरेकी धर्मपत्नी शिक्षिका सीता रिमाल घिमिरेको सभाध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि नगर प्रमुख दिपेश थारु र विबिष्ट अतिथि उपप्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख थारुले स्वर्गीय घिमिरे समाजसेवी मृदुभाषी र खेलप्रेमी शिक्षकको रुपमा आफूले सम्झने गरेको स्मरणगर्दै घिमिरे परिवारले उहाँको स्मृतिमा प्रतियोगिता गर्दा धेरै खेलप्रेमी उदीयमान विद्यार्थीहरुले खेल्न पााएको भन्दै खेलाडिलाई अनुशासित र मेहनतका साथ खेल खेल्न आग्रह गर्नुभयो ।
प्राविधिकलाई निष्पक्ष रुपमा खेल खेलाउन आग्रह गर्दै नगरप्रमुख थारुले प्रतियोगिताको पूर्णा सफलताको कामना गर्नु भएको थियो । सभाध्यक्ष घिमिरेले व्यानर वाचन र नगर प्रमुख थारुले व्याटिङ गरेर शुरु भएको खेल २० गते सकिनेछ । कार्यत्रक्रममा नेपाल शिक्षक महासंघ नगर कमिटी अध्यक्ष राज कुमार रेग्मी, भेरी माविका प्रअ शिवप्रसाद कोइराला, शिक्षकका पेशागत संघ संगठनका जिल्ला तथा नगर पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरको खेल मैदानमा आयोजित प्रतियोगितामा राजापुर क्रिकेट क्लबका सदस्य संगम थारुले शुभकामना मन्तव्य दिनु भएको प्रतियोगिताको सञ्चालन आयोजक कमिटी सदस्य भरत चौलागाईले गर्नु भएको थियो । स्वर्गीय घिमिरे स्मृति क्रिकेट प्रतियोगितामा डिफेन्डिड्ड च्याम्पियन अमर शशहीद र गेरुवाको जनता मा वि गोलाले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा अमर शहीदले लाइट एकेडेमी माविलाई हराउँदा गेरुवाको जनतता मा वि गोलाले अक्सिडेन्टल एकेडेमीको टिमलाई हराएको छ । लिग चरणको आधारमा हुने प्रतियोगितामा ७ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।
१० °C काठमाडौं
Facebook Comments