• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
जोखिमपूर्ण यात्रा गर्ने १८ वर्ष मुनिका २ सय ४ जनालाई सिमाबाट फिर्ता 

मुरली गोडिया, १७ पुष, गुलरिया (बर्दिया) । माइती नेपालले १ वर्षको अवधिमा १८ वर्ष मुनिका २ सय ४ जना महिला तथा बालबालिकालाई सिमानाका बाट फिर्ता ल्याएको छ । जोखिम पुर्ण यात्रामा रहेका उनिहरुलाई फिर्ताल्याई परामर्श प्रदान गरेको हो । 

यस्तै १८ वर्ष माथीका ८० जनलाई सिमा नाकाबाट फिर्ता ल्याई परामर्श दिइएको छ । सन २०२५ सम्मको तथ्यांक अनुसार माइती नेपाल बर्दियाले २ सय ८४ जना जोखिमपूर्ण यात्रामा रहेका बालिका तथा महिलालाई परामर्श दिएको पाइएको छ । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि माइती नेपालले बढैयाताल गाउँपालिकाको फुटहा नाका, गुलरियाको सुरजपुर नाका र मधुवनको शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी नियमित परामर्श प्रदान गर्नुका साथै पीडितहरूको उद्धारगर्दै आएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जानकारी गराउनु भएको छ ।

माइती नेपालले वर्षभरी गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । सन २०२५ मा दुई सय ८४ जना जोखिमपूर्ण यात्रामा रहेका बालिका तथा महिलालाई परामर्श दिइएको छ । सन २०२४ मा ३ सय ३५ जना जोखिमपूर्ण यात्रामा रहेका बालिका तथा महिलालाई परामर्श दिइएको माइती नेपालले जनाएको छ । बर्दियाको करिब ८३ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको हुँदा यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च रहेको बताउँदै माइती नेपाल गुलरिया, बर्दियाकी संयोजक रिमालले तथ्याङ्क सार्वजनिक गर्नु भएको हो ।

सम्बन्धित समाचार

Facebook Comments