• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
बर्दियाको राजापुरमा सेवा निवृत्त शिक्षक समाज गठन

पुरुषोत्तम खनाल, १७ पुष, बर्दिया । बर्दियाको राजापुरमा नेपाल निवृत्त शिक्षक समाजको गठन गरिएको छ । राजापुर नगरपालिका र गेरुवा गााउँपालिकामा रहने सेवा निवृत्त शिक्षकहरुको संलग्नतामा नयाँ कार्य समिति गठन गरिएको हो । 

तदर्थ समितिका अध्यक्ष रमेशचन्द्र गौतमको अध्यक्षतामा भएको कार्य समितिको भेलाले गेरुवा गाउँपालिका वडा नं. ६ को श्रीगणेश मावि प्रशेनीपुरबाट सेवा निवृत्त शिक्षक, समाजसेवी कुमार लामिछानेलाई सर्वसम्मतत रुपमा ३ वर्षका लागि समितिको अध्यक्ष पदमा चयन गरेको छ । उपाध्यक्षमा माधवी केसी, सचिवमा रविराज शर्मा, कोषाध्यक्षमा मकुन्दराज शर्मा, महिला सदस्यमा गिरिजा गौतम र अन्य सदस्यहरुमा लक्ष्मी नारायण चौधरी, डिल बहादुर जिसी, चक्र बहादुर थापा, पृथ्वी बहादुर चन्द रहनु भएको छ । 

समितिको पदेन सदस्यमा निर्वतमान अध्यक्ष रमेशचन्द्र गौतम रहनु भएको छ । त्यस्तै सल्लाहकारमा राजकुमार रेग्मी, सावित्री पुरी, पर्वत सिंह गुरुङ, विनोद गौतम, बाबुराम चौधरीी, राज कुमार उपाध्याय र लक्ष्मीभक्त पण्डित रहनु भएको छ ।  लामो समय शिक्षण पेशामा रहेर सेवा निवृत्त जीवनलाई सहज बनाउने, एक आपसमा समन्वय सहकार्य गर्ने र स्थानीय सरकारसँग मिलेर जनचेतनात्मक, रचनात्मक, गोष्ठी, पैरवी, बौद्धिक, शैक्षिक कार्य गर्ने समाजले उद्देश्य बोकेको छ । 

समिति गठन पछि सम्पूर्ण उपस्थित गुरुहरुमाझ आफ्नो मन्तव्य राख्दै अध्यक्ष लामिछानेले यो समाज ज्येष्ठ नागरिक र बैद्धिक वर्गाको साझा चौतारी हुने गरी कटिबद्ध हुने र सबैको सल्लाह सुझाव मनन गर्ने र सेवा निवृत्त शिक्षकहरुलाई समेट्ने बताउनु भएको छ । अमर शहीद बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट करि ३० जना सेवा निवृत्त शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments