• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु 

हरि गुरुङ, १७ पुष, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कर्मोहनी निवासी ४७ वर्षीया बालिका सेनको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । नेपाल तर्फ दशगजा क्षेत्रमा भैंसी चराउने क्रममा हात्तिले आक्रमण गर्दा ज्यान गएको हो । 

पौष १५ गते जनजागृति सामुदायिक वनमा स्याउला काट्न जाने क्रममा पाटे बाघको आक्रमणमा परी १७ वर्षीया बिनिता परियारको मृत्यु भएको थियो पौष महिनामा मात्रै ४ जनाको बाघ, हात्ती र  चितुवाको आक्रमणमा परि मृत्यु भएको छ । 
दिउँसै वन र बस्तीमा चितुवाले आक्रमण गर्न थालेपछि अहिले बर्दियाका स्थानीयहरुमा थप त्रास बढेको छ । त्यस्तै केही दिन अघि बारबर्दिया नगरपालिका–१० बैदीकी ५० वर्षीया पवित्रा डाँगीको चितुवाको आक्रमणमा परि मृत्यु भएको छ । 

घर नजिक रहेको फेनापति सामुदायिक वनमा घाँस काटी रहेको अवस्थामा चितुवाले आक्रमण गर्दा डाँगीको ज्यान गयो । पुस २ गते सोही पालिका–१० डफैयाका–३२ वर्षीय दिनेश थारू वनमा शौच गर्न गएको बेला चितुवाको आक्रमणमा परि मृत्यु भयो । त्यस्तै विहिबार बारबर्दियामा २ जनालाई चितुवाले आक्रमण गरी घाईते बनाएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा तत्काल रणनीतिक पहल थाल्न स्थानियको माग छ ।

सम्बन्धित समाचार

Facebook Comments