• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
स्वर्गिय पिताको स्मृतिमा पाण्डे परिवारद्वारा विद्यालयमा सरस्वती मन्दिर

चुरेकुञ्ज, १७ पुष, गुलरिया (बर्दिया) । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल) र दाजु उद्योगपति सोम पाण्डे लगायत पाण्डे परिवारको लगानीमा विद्यालयमा सरस्वती मन्दिर निर्माण भएको छ । पाण्डेका पिता स्वर्गिय केशव पाण्डेको स्मृतिमा बर्दियाको बढैयाताल स्थित विद्याज्योति माध्यमिक विद्यालय परिसरमा मन्दिर निर्माण सम्पन्न भएको हो ।

गतबर्ष सरस्वती पूजाको अवसरमा मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको मन्दिर निर्माण सम्पन्न भएसँगै बिहिबार औपचारिक कार्यक्रमका विच मन्दिर उद्घाटनसँगै हस्तान्तरण गरिएको देवेन्द्र पाण्डेले बताउनु भयो । मन्दिर निर्माण गर्न पाण्डे परिवारका तर्फबाट ७ लाख ५५ हजार रुपैया प्रदान गरिएको थियो । विद्यालयमा सरस्वतीको मन्दिर निर्माण भएसँगै विद्यार्थी, अभिभावक एवम् विद्यालय परिवारमा खुशी छाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments