• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
फरक क्षमता भएका ब्यक्तित्वलाई न्यानो कपडा 

मुरली गोडिया, २४ पुष, गुलरिया (बर्दिया) । बर्दियाका २१ जना दृष्टि विहिनहरुलाई चिसोमा आवश्यक न्यानो कपडा सहयोग गरिएको छ । श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभुषित जगतगुरू आचार्य श्री कृष्णमणि महाराज जीको ६२ औं जन्मोत्सवको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति काठमाडौंको सहयोगमा बर्दियामा न्यानो कपडा सहयोग गरिएको हो । 

गुलरिया नगरपालिका वडा नम्बर ३, खैरीमा रहेको बर्दिया नेत्रहीन संघमा बस्ने ७ जनालाई ज्याकेट सहित २१ जना पुर्ण दृष्टि विहिनहरुलाई शितलहर बाट बच्नको लागि न्यायो कपडा (फाइबर सिरक) वितरण गरिएको छ । 

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति काठमाडौंको सहयोगमा जिल्ला समिति बर्दियाले वितरण गरेको हेमन्त थारुले जानकारी दिनुभयो । बर्दिया जिल्लाका विभिन्न श्रीकृष्ण प्रणामी मन्दिर बगही, प्रसिया, कोठारपुर, भुरिगाँउले समेत न्यानो कपडा वितरण गरेको अध्यक्ष थारुले बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments