• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
बढैयातालमा माघी मिलन कार्यक्रमको तयारी तीव्र

दलबहादुर सुनार, २६ पुष, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका वडा नम्बर ७ र युवा गोचाली क्लब वार्ड नम्बर ७ को संयुक्त आयोजनामा पालिकामा पौष २८ गते हुने माघी मिलन कार्यक्रमको तयारी तीव्र पारिएको छ । शनिवार पत्रकार सम्मेलनगर्दै कार्यक्रम तयारी बारे जानकारी दिईएको छ ।

युवा गोचाली क्लबका अध्यक्ष सिद्धान्त थारुको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष राधेश्याम थारुको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि थारुले कार्यक्रमको महत्वको बारेमा जानकारी गराउनु भएको छ । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि युवा गोचाली क्लब र बढैयाताल गाउँपालिका वडा नम्बर ७ को संयुक्त आयोजनामा मागी मिलन कार्यक्रम गर्न गरिने भएको हो । 

थारु समुदायहरूको लागि माघ १ गते विशेष पर्वको रूपमा लिएको हुँदा समुदायको कला संस्कृति संरक्षण र प्रवर्धन गर्नको निमित्त पनि कार्यक्रमलाई महत्वको रुपमा लिएको बताउनुभयो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि माघी  मिलन कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न खोजिएको छ । 

कार्यक्रममा सम्पूर्ण समुदायका नागरिक तथा वडाका नागरिकसबैले सहभागिता जनाइ कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न अनुरोध गरिएको छ । “हमार संस्कृति हमार पहिचान : मूलबासी थारु हुइटी देशभक्त शान“ भन्ने मूल नाराका साथ शनिवार बढैयाताल गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा भएको पत्रकार सम्मेलनको सञ्चालन प्रेम थारुले गर्नु भएको क्लबले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments