बर्दिया राष्ट्रिय निकुञ्ज वरपरका नागरिकद्वारा काठमाडौँको रत्नपार्कमा आन्दोलन
काठमाडौँ, २६ पुष । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाले जिउधनको सुरक्षा सुनिश्चित गर्न मागगर्दै काठमाडौँको रत्नपार्कमा प्रदर्शन गरेका छन् । पछिल्लो समय निकुञ्ज क्षेत्र आसपास बाघको आक्रमण बढ्दै जाँदा मानव मृत्युका घटना दोहोरिन थालेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनकारीहरूले बाघको आक्रमणबाट स्थानीय नागरिक असुरक्षित बनेको भन्दै तत्काल प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । “घर बाहिर निस्कन डराउनुपर्ने अवस्था आएको छ, खेतबारी जान, दाउरा घाँस गर्न ज्यान जोखिममा छ,” आन्दोलनमा सहभागी पत्रकार दिपक शर्माले बताउनुभयो ।
प्रदर्शनका क्रममा उनीहरूले बाघ नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन, जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ठोस कार्यक्रम लागू गर्न माग गरेका छन् ।
आन्दोलनकारीहरूले समस्या समाधान नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी पनि दिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज वरपर मानव–वन्यजन्तु द्वन्द्व विगत केही वर्षदेखि गम्भीर बन्दै गएको छ ।
१० °C काठमाडौं
Facebook Comments