• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
राजापुर नगरपालिकाले करार सेवा कर्मचारीको अवधी थप गर्ने 

केशव कोईराला, २८ पुष, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाको ९ औँ नगरसभा एवं अधिवेशन सम्पन्न भएको छ । नगर अध्यक्ष दिपेश थारुको अध्यक्षतामा सभा सम्पन्न भएको छ । 

अधिवेशनमा उप–प्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत एवं नगरसभा सचिव, दशरथ बुढा ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विषयगत शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । नगरसभामा हालसम्म नगर कार्यपालिकाबाट प्रस्तुत गरिएका नीति, कार्यक्रम तथा निर्णयहरूबारे व्यापक छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ । 

अधिवेशनको महत्वपूर्ण निर्णयमध्ये करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा अवधि थप गर्ने निर्णयलाई नगरसभाले अनुमोदन गरेको छ । यस निर्णयले नगरपालिकाको सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । त्यसैगरी, नगर विकास, सेवा प्रवाह सुदृढीकरण, प्रशासनिक सुधार, सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित विभिन्न प्रस्तावहरू नगरसभाबाट पारित गरिएको छ । 

नगर अध्यक्ष थारुले नगरसभाका निर्णयहरू कार्यान्वयनमार्फत जनताको अपेक्षा पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । अधिवेशनले राजापुर नगरपालिकाको आगामी कार्यदिशा स्पष्ट पार्दै विकास र सुशासनतर्फ अघि बढ्ने आधार तयार गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments