राजापुरमा प्रथम मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
केशव कोइराला, ३० पुष, राजापुर (बर्दिया) । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रथम राजापुर मेयरकप तथा नेशनल ¥याङ्किङ पुरुष–महिला खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ आयोजना गरिने भएको छ । राजापुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिनुहुँदै प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको समन्वय तथा नेपाल ब्याडमिन्टन संघको स्वीकृतिमा आयोजना हुन लागेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताले खेलकुदको विकाससँगै स्वस्थ जीवनशैली प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ । प्रतियोगिता ७ विधामा सञ्चालन गरिनेछ । मेन्स सिङ्गल्स (नेशनल खुल्ला) तर्फ प्रथम हुने खेलाडीले ८० हजार, द्वितीयले ५० हजार तथा तृतीयले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
क्वाटर फाइनलिस्टलाई ६/६ हजार रुपैयाँ प्रदान गरिनेछ । यस विधामा दर्ता शुल्क निःशुल्क रहेको बताईएको छ । वुमेन्स डबल्स (नेशनल खुल्ला) तर्फ प्रथमलाई ७० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई २०/२० हजार रुपैयाँ क्वाटर फाइनलिस्टलाई ६/६ हजार रुपैयाँ प्रदान गरिनेछ । यस विधामा पनि दर्ता शुल्क निःशुल्क गरिएको छ।मेन्स डबल्स (नेशनल खुल्ला) विधामा प्रथम पुरस्कार ८० हजार, द्वितीय ६० हजार तथा तृतीय २५/२५ हजार रुपैयाँ क्वाटर फाइनलिस्टलाई ६/६ हजार रुपैयाँ प्रदान गरिनेछ भने दर्ता शुल्क २ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी मेन्स डबल्स ‘बी’ खुल्ला विधामा प्रथमलाई ६० हजार, द्वितीयलाई ४५ हजार तथा तृतीयलाई ३०/३० हजार रुपैयाँ प्रदान गरिनेछ । मेन्स डबल्स बर्दिया जिल्ला विधामा प्रथमलाई ६० हजार, द्वितीयलाई ४५ हजार र तृतीयलाई ३० हजार रुपैयाँ पुरस्कार राखिएको छ । दुवै विधामा दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ । भेट्रान्स डबल्स ४५ प्लस (नेशनल खुल्ला÷बर्दिया जिल्ला) विधामा प्रथम पुरस्कार ६५ हजार, द्वितीय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ रहेको छ ।
मेन्स जनप्रतिनिधि डबल्स (बर्दिया जिल्ला) विधामा प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। यी विधामा दर्ता शुल्क २ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उद्घाटन यहि माघ १५ गते बिहान ८ बजे हुने छ भने टिम दर्ता माघ १४ गते दिउँसो १ बजे सम्म खुला रहने आयोजकले जनाएको छ । प्रतियोगिता नगर कवर्ड हलमा आयोजना गरिने राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले जानकारी दिनुभयो ।
११ °C काठमाडौं
Facebook Comments