बर्दियामा चितुवाको आक्रमणमा परी महिलाको मृत्यु
हरी गुरुङ, ७ माघ, बर्दिया । बर्दियाको बारवर्दिया नगरपालिका वडा नं ११ बेलभारमा चितुवाको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । स्थानिय अन्दाजी ६० वर्षीया खिदनी थारुको चितुवाको आक्रमणमा परी ज्यान गएको छ ।
बुधवार बेलुकी साढे ५ आफ्नै खेतबारीमा तोरी उखेल्ने क्रममा चितुवाले आक्रमण गर्दा थारुको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका बरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले जानकारी दिनुभएको छ । तोरीबारी जगलदेखि करिव १ दशमलव ५ किलोमीटरको दुरीमा छ ।
२६ °C काठमाडौं
Facebook Comments