• १० भदौ २०८३, बुधवार
  • २४ °C काठमाडौं
बढैयातालमा बृहत्तर यौन शिक्षा सम्बन्धी अभुमुखीकरण 

दलबहादुर सुनार, ९ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा बृहत्तर यौनशिक्षा सम्बन्धी अभिमुखीकरण गरिएको छ । ७ नं वडा कार्यालयको समन्वय र बाँके यूनेस्को क्लबको आयोजनामा बुधवार यौनशिक्षा सम्बन्धी अभिमुखिकरण तथा सम्वाद गरिएको हो ।  

नागरिक समाज, बरघर, ज्येष्ठ नागरिक, महिला सञ्जाल, जनप्रतिनिधि पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण तिलकाना आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख पशुपति ज्ञवालीले गर्नु भएको हो । सहजकर्ता ज्ञवालीले बृत्तर यौनिक शिक्षा भनेको के हो, यौन स्वास्थ्य भनेको के हो,  प्रजनन स्वास्थ्य के हो, किशोरावस्थामा बृहत्तर यौन तथा प्रजनन स्वास्थ्यको जानकारी किन आवश्यक छ, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, प्रजनन स्वास्थ्यमा परिवारका सदस्यको भुमिका लगाएतका बिषयमा सहजिकण गर्नु भएको थियो । 

बढैयाताल गाउँपालिका ७ नं वडाका अध्यक्ष राधेश्याम थारुको अध्यक्षमा भएको कार्यक्रमका सहभागिले बृहत्तर यौनशिक्षा संगै लागु औषध दुब्र्यसनी, बालबिवाह सम्बन्धी घर दैलो अभियान सञ्चालन गर्न स्थानीय सरकारले योजना बनाउनु पर्नेमा जोड दिएको बाँके यूनेस्को क्लबका फिल्ड सुपरभाइजर राम बहादुर थारुले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments