एक महिनाका सुत्केरी महिलालाई न्यानो कपडा
दलबहादुर सुनार, ९ माघ, बढैयाताल (बर्दिया) । जनजागरण महिला सङ्घ बर्दियाले न्यानो कपडा वितरण गरेको छ । बढैयाताल गाउँपालिका वडा नम्बर १ र २ को वडा कार्यालय र स्वास्थ्य शाखासँगको समन्वयमा टेवा नेपालको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरेको हो ।
जनजागरण महिला सङ्घकी जिल्ला अध्यक्ष गोमा पौडेलले दिएको जानकारी अनुसार एक महिनाका भित्रका सुत्केरी महिला अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई उक्त कपडा वितरण गरिएको हो । बिहिवार बढैयाताल गाउँपालिका वडा नम्बर २ का कार्यबहाक वडाअध्यक्ष राम सिंह ठकुरीको प्रमुख आतिथ्यमा तथा संघीकि अध्यक्ष गोमा पौडेलको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रम बाट ५० जना लाभान्वित भएका छन् ।
वडा नम्बर २ को कार्यालयको प्राङ्गणमा पहिलो चरणमा र दोस्रो चरणमा वडा न. १ मा पनि एक महिना भित्रका सुत्केरी भएका महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरि ५० जना सहित १ र २ न. वडा गरि जम्मा सय जनालाई वितरण गरिएको संघले जनाइएको छ । बढैयाताल गाउँपालिका नम्बर १ र २ मा भएको न्यानो कपडा अन्तर्गत फाइबर सिडक वितरण गरिएको जनाएको छ ।
वितरण कार्यक्रममा वडाका अध्यक्ष जनप्रतिनिधि सम्बन्धित वडाका स्वास्थ्य चौकी प्रमुख चेतनारायाण काफ्ले, नागरिक समाजका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय संघ संस्था प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी उप शाखा बढैयातालका अध्यक्ष मोहनलाल रेग्मी, जनजागरण संघका कानुनी सल्लाहकार बेनिमाधब पौडेल, लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको संघले जनाएको छ ।
२६ °C काठमाडौं
Facebook Comments