सामुदायिक वनका उपभोक्तालाई अनुदानमा विद्युतीय चुलो
दलबहादुर सुनार, २८ माघ, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका वडा नं ८ पशुपति बजारमा सामुदायिक वन उपभोक्ता समूहले अनुदानमा विद्युतीय चुलो वितरण गरेको छ । तिलकाना सामुदायिक वन उपभोक्ता समूह बढैयाताल ८ ले ६० जान उपभोक्तालाई ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरेको हो ।
तिलकाना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनबहादुर घर्ती मगरका अनुसार सामुदायिक वनले २ हजार ५० र एस.एन.भि. नेपालको दुई हजार अनुदानमा उपभोक्तालाई चुलो प्रदान गरेको छ । बजारमा ८ हजार पर्ने विद्युतीय चुलो ४ हजार अनुदानमा पाउँदा उपभोक्ताहरु खुसी भएका छन् ।
भान्सालाई धुवामुक्त र खतरामुक्त बनाउँदै आर्थिक भारलाई कम गर्ने उद्देश्यले एसएनभि नेपालले देशभरि दुई हजार छुटमा विद्युतीय चुलो बिक्री वितरणगर्दै आइरहेको एस.एन.भी.नेपाल बर्दियाका फोकल पर्सन अन्जना डाँगीले बताउनुभयो । कल्पवृक्ष ग्रेटर प्रा.लि. संयोजक एवम् समन्वयकर्ता पवित्रा कुमारी अर्यालले विद्युतीय चुलो समय सापेक्ष प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल सरकारको नवीकरणीय ऊर्जालाई बढाउन र एल.पि.जि. ग्यासको प्रयोगलाई घटाउनको लागि प्रत्येक घरमा विद्युतीय चुलो जडान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चुलोको प्रयोग विधि सम्बन्धी जानकारी गराउँदै उहाँले भन्नुभयो चुलो प्याकेजमा भएको र प्रत्येक चुलोमा ३ लिटरको कुकर र फ्राइभिङ रहेको छ । चुलोको दुई वर्षको वारेन्टी रहेको उहाँले बताउनु भयो । चुलो वितरण कार्यक्रममा वनका उपभोक्ताहरू समितिका पदाधिकारी नागरिक लगायतको सहभागिता रहेको वनकी सचिव कमला सापकोटाले जानकारी दिनुभयो ।
२५ °C काठमाडौं
Facebook Comments