मानव बिचको जातीय भेदभाव सभ्यताकै कलंक
विष्णु प्रसाद अधिकारी, ७ चैत्र, गुलरिया -बर्दिया) । २१ औं शताब्दिमा पनि मानव मावन विच भेदभाव र छुवाछुत हुनु मानव सभ्यताकै कलंकको रुपमा रहेको सामाजिक कुप्रथालाई जरै देखि उखालेर फाल्नका लागि समाजका सबै तह र तप्काको भूमिका आवश्यक रहेको औल्याईएको छ । दलित समुदायको न्यायको पहुँचमा राज्य संरचनाको प्रभावकारी परिचालनका लागि जातिय भेदभाव तथा छुवाछुत विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सरोकारवालाहरु बिच आयोजित अन्तर सम्बाद कार्यक्रममा यस्तो औल्याईएको हो ।
अन्तरसंवाद कार्यक्रममा बर्दिया जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष खडानन्द तिवारीले जातीय विभेद विरुद्धको इतिहास देखि हाल विद्यमान कानूनी ब्यवस्था र सजायका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा जुनसुकै धर्म, समुदायमा जन्म लिएता पनि सबै नागरिक समान छन् यदि कसैले भेदभाव वा छुवाछुत गरेमा कानुनमा सजायको प्रष्ट ब्यवस्था रहेको बताउनु भयो । कार्यक्रमका जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जातिय विभेद सम्बन्धि कस्ता कस्ता समस्याहरु समाजमा देखिएको र समस्या समाधानका लागि राज्य स्तरबाट भएको पहलको विषयमा कार्यपत्रमा उल्लेख गर्नुपर्ने बताउनु भयो ।
कुनै पनि स्तरको जातीयता विभेद सम्बन्धि उजुरी परेमा कानून बमोजिम दण्ड सजायका लागि जिल्ला प्रशासन कार्यालयले कुनै कसर बाँकी नराख्नेमा उहाँको जोड छ । जातियता विभेद सामाजिक कुरुती भएकाले कानून भन्दा पनि समाजको चेतना स्तर उठाउन सकेमा चाडो विभेदको अन्त्य हुने उल्लेख गर्नू भयो । कार्यक्रममा दलित महिला संघ बर्दिया अध्यक्ष हिमा सुनारले जातीयता विभेद अन्त्यका लागि सहज रुपमा न्यायमा पहुँच हुनेपर्ने कुरा बताउनु भएको छ ।
दलित समुदायले गर्ने पेशाका कारण विभेद गरिएको समाजमा आज दलितहरुको पेशा सबै जातीका मानिसले गर्ने गरेको तथ्य उजागर गर्दै नागरिकतामा थर फेर्दैमा समाज परिवर्तन नहुने भएकाले यसका लागि राज्य स्तरबाट नै कदम उठाउनु पर्ने उहाँको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे, बारका पूर्व अध्यक्ष देवीदत्त देवकोटा लगाएत सरोकारवाला ब्यक्तिहरुले विभेद अन्त्यका लागि सबै समुदायले आवाज उठाउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रम दलित महिला संघ बर्दिया र बर्दिया जिल्ला अदालत बार एशोसिएसनको आयोजनामा भएको थियो ।
१७ °C काठमाडौं
Facebook Comments