शिक्षा क्षेत्रमा सकारात्मक परिणाम देखिन थाल्यो : नगरप्रमुख दिपेश थारु
पुरुषोत्तम खनाल, ९ चैत्र, बर्दिया । शिक्षा क्षेत्रमा थुप्रै लगानी गरिएकाले सकारात्मक परिणाम देखिन थालेको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले वताउनु भएको छ । नगरस्तरिय वार्षिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना दिदैँ पालिकामा सुरु भएको परीक्षा र नगरस्तरीय कक्षा ५ र ८ को परीक्षाको नतिजाले सामुदायिक विद्यालयको गुणस्तर पनि सुधार र सकारात्मक भएको उहाँको भनाई छ ।
अन्य क्षेत्रको लगानी तत्कालै देखिने भए पनि शिक्षा क्षेत्रको लगानी केही समयपछि मात्रै देखिने भन्दै अभिभावक, समाज पनि सचेत हुनु पर्ने सुझाव उहाँको छ । नगरपालिकामा सामान्यीकरण अनुदान १३ करोड आउने र त्यसको आधा भन्दा धेरै रकम ७ करोड ५० लाख शिक्षामा लगानी गरेको प्रष्ट्याउँदै राजापुर नगरपालिकाले वार्षिक रुपमा संघीय, प्रदेश र स्थानीय सरकारको गरी करिब २५ करोड शिक्षामा लगानी गरेकाले प्रतिफल पनि खोजेको वताउनु भयो ।
राजापुर नगरपालिका वडा नं. ३ टेडियामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लौटन चौधरीले शिक्षा सुधार गर्न आधार तह तल्लो कक्षामा जोड दिनु पर्ने बताउनु भयो । पछिल्लो समय विद्यार्थीहरु अनुशासनहीन हुने, विचमै पढाइ छाड्ने, लागु पदार्थको कुलतमा पर्ने, बाल विवाह गर्ने जस्ता सामाजिक समस्या देखिएकाले यसलाई न्यूनीकरण गर्न सर्वप्रथम अभिभावकहरु सचेत हुनु पर्नेमा उहाँको जोड छ ।
गेरुवा गाउँपालिका वडा नं. ६ को श्री नेपाल राष्ट्रिय गणेश मा वि प्रशेनीपुर बर्दियाका विव्यस अध्यक्ष तथा पूर्व प्रधानाध्यापक कुमार लामिछानेले बालबालिकाको पहिलो पाठशाला घर भएकाले परिवारको व्यवहार सकारात्मक हुनु पर्ने वताउनु भयो । निःशुल्क शिक्षाले प्रभावकारी उपलब्धी नदिने तथा लगानी नभए पछि अपनत्व नहुनेभन्दै उहाँले शिक्षामा स्थानीय सरकारले सक्नेसँग लिने र नसक्नेलाई दिने नीति लिनु पर्ने सुझाव समेत दिनु भयो ।
१७ °C काठमाडौं
Facebook Comments