• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
बर्दियामा बन्द सडक खुलाउने क्रममा स्थानिय र प्रहरी बिच झडप

केशव कोईराला, १० चैत्र, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा –११ गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते भएका छन् । सीमावर्ती भारतीय बलैगाउँ बजारमा लागुऔषध सेवन पश्चात स्थानिय एकै घरका दाजु भाईको मृत्युको घटनापछि गरिएको प्रर्दशनमा  बन्द सडक खुलाउने क्रममा दुवै पक्षविच झडप भएको हो । 

झडपमा केही स्थानीय पनि घाइते छन् । प्रहरीले स्थिति नियन्त्रण लिन १० राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताउनुभयो । घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि हवाई फायर र अश्रुग्यास हान्नेपरेको डिएसपी बिष्टले बताउनुभयो । 

प्रर्दशनका क्रममा जनपद र सशस्त्र गरी १३ जना सुरक्षाकर्मी र ६ जना स्थानिय घाईते भएका छन् ।  केही समययता भारतबाट भित्रिएको लागुऔषध ब्राउन सुगर, कोरेक्स लगायतका पदार्थ सेवन गर्दा दुई जनाको ज्यान गएको भन्दै स्थानीय सडकमा उत्रेका थिए ।

भारतको सीमावर्ती लौकाही बजार जाने नाका बन्द गर्नुपर्ने, भारतमा लागुऔषध बेचबिखन गर्नेमाथि कारबाहीको माग राख्दै सडक बन्द गरेको गुलरिया–११ नम्बर वडाका पूर्वअध्यक्ष रामनारायण केशरीले बताउनुभयो । लागुऔषधको हब बन्दै गएकाले नाका पूर्ण बन्दगर्नु पर्ने उनीहरुको मुख्य माग छ ।

सम्बन्धित समाचार

Facebook Comments