गर्ग गोत्री आचार्य समाज बर्दियाको अध्यक्षमा शिव आचार्य सर्बसम्मत
चुरेकुञ्ज, २० चैत्र, गुलरिया -बर्दिया) गर्ग गोत्री आचार्य समाज बर्दियाको अध्यक्ष पदमा बढैयाताल गाउँपालिका निवासी शिव आचार्य सर्वसम्मत चयन हुनु भएको छ । शुक्रवार बर्दियाको बढैयातालमा आयोजित प्रथम भेलाले आचार्यको अध्यक्षतामा ६ सदस्य कार्य समितिबाट मनोनित गर्ने गरी ९ सदस्यीय बर्दिया जिल्ला स्तरिय कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा देवानन्द आचार्य ठाकुरबाबा नगरपालिका, सचिव यादव प्रसाद आचार्य गुलरिया नगरपालिका सर्बसम्मत चयन हुनु भएको अध्यक्ष शिव आचार्यले जानकारी दिनुभयो । त्यस्तै समितिको सदस्यहरुमा जनकराज आचार्य राजापुर, कविराज आचार्य ठाकुरबाबा, राधाकृष्ण आचार्य मधुवन, शिव प्रसाद आचार्य बढैयाताल, पूर्ण प्रसाद आचार्य बाँसगढी र देवु आचार्य बारबर्दिया नगरपालिकाबाट सर्बसम्मत चयन हुनु भएको छ ।
आत्म निष्ठा, आत्म गौरव र आत्म प्रतिष्ठाका लागि गर्ग गोत्रीय आचार्य समाज भन्ने मूल नारासहित बढैयातालको मैनापोखरमा आयोजित समाजको बर्दिया जिल्ला भेला तथा बन्धु मिलन कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथी समाजका निवर्तमान केन्द्रिय अध्यक्ष जय प्रसाद आचार्यले सगोत्रीय बन्धुत्वको विकासगर्दै वंशावलीमा बान्धवहरुको नामांकित गर्न समाजको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्नुभयो ।
समाजकी केन्द्रिय सदस्य एवम् चितवन जिल्ला उपाध्यक्ष वाल कुमारी आचार्यले भेला संयोजनको महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । केन्द्रिय सदस्य गुणानिधि आचार्य लगायत विशिष्ट ब्यक्तित्वहरुले कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ । लिलाधर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन गर्दै नव नियुक्त अध्यक्ष आचार्यले जिल्लामा गठित समितिले आचार्य वंशावलीमा बन्धुहरुको नाम लेखाउन तदारुकताका साथ लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
१६ °C काठमाडौं
Facebook Comments