• ३ वैशाख २०८३, बिहिवार
  • १६ °C काठमाडौं
अब सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म 

केशव कोईराला, २२ चैत्र, बर्दिया । नेपाल सरकारको निर्णय अनुसार देशभरका सरकारी कार्यालयहरूको सेवा प्रवाह समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना सार्वजनिकगर्दै  मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम मिति २०८२ पुस २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाएको छ ।

यसअघि फरक समय तालिकामा सञ्चालन हुँदै आएका कार्यालयहरू अब एकीकृत समयमै सेवा प्रवाह गर्नेछन् । कार्यालयले नियमित तथा प्रभावकारी रूपमा सेवा, सेवाग्राहीमैत्री वातावरण सिर्जना र कर्मचारीहरूको समयपालन सुनिश्चित गर्न विशेष ध्यान दिन पनि सबै निकायलाई निर्देशन दिएको छ । सूचनामा सेवाग्राही/नागरिकलाई तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ । 

यस व्यवस्थाबाट सेवा प्रवाहमा सहजता, समयको सदुपयोग तथा प्रशासनिक कार्यसम्पादनमा सुधार आउने अपेक्षा गरिएको छ । निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकाय तथा नागरिकबाट सहयोगको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments