• ३० जेठ २०८३, शनिवार
  • २० °C काठमाडौं
बढैयातालमा पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी तालिम 

मुरली गोडिया, २८ जेठ, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्य तथा कार्ययोजना निर्माण सम्बन्धी तीन दिने तालिम एवं कार्यशाला गोष्ठी गरिएको छ । बाढी, शीतलहर, तातो हावा -लु), आगलागी लगायत सम्भावित विपद्को पूर्वानुमानका आधारमा जोखिम न्यूनीकरणका लागि समयमै गरिने तयारी तथा पूर्वकार्यका विषय तालिममा सिकाईएको हो ।

सहभागीहरूलाई विपद् आउनु अघि नै आवश्यक तयारी गर्ने, जोखिममा रहेका समुदाय तथा समूहहरूको पहिचान गर्ने, उपलब्ध स्रोत–साधनको व्यवस्थापन गर्ने तथा स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने विषयमा ३ दिन सम्म प्रशिक्षण दिइएको थियो । वक्ताहरूले विपद् व्यवस्थापनमा पूर्वानुमानमा आधारित कार्यप्रणाली प्रभावकारी माध्यम भएको उल्लेख गर्दै समयमै तयारी गर्न सके जनधनको क्षति न्यून गर्न सकिने बताए । 

कार्यशालाले स्थानीय तहको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै समुदायलाई सुरक्षित र उत्थानशील बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । तीन दिनसम्म सञ्चालन भएको तालिम तथा कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर गाउँपालिकाको स्थानीय कार्ययोजना परिमार्जन तथा कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष हिमालय त्रीपाठीले बताउनु भयो । 

बढैयाताल गाउँपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बि ग्रुपद्वारा गरिएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि, बिसयगत शाखाका शाखा प्रमुख  तथा समुदायस्तरका सहभागीहरूको सहभागिता रहेको प्रयास परियोजना २ का परियोजना अफिसर जयलाल बिकले जानकारी दिनु भएको छ ।  

सम्बन्धित समाचार

Facebook Comments