गुलरियामा श्रीकृष्णको भब्य रथयात्रा निकालिने
बर्दिया । बर्दिया सदरमुकाम गुलरियामा श्रीकृष्ण जन्माअष्टमी पर्वको पावन अवसरमा बिहिबार विशाल रथायात्रा निकालिने भएको छ । रथयात्रा समितिको आयोजनामा अश्वरथ (घोडा) सहितको बग्गीमा श्रीकृष्णको दिउँसो ३ बजेदेखि यात्रा निकालिने भएको हो ।
समितिका संयोजक ईन्द्रकुमार श्रेष्ठ (बन्धु) ले पत्रकार भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको छ । विद्युत टोलको पूर्वपट्टी आदर्श टोलमा अवस्थित कृष्ण मन्दिरबाट यात्रा शुरु गरिने भएको छ । यात्राको रुट पनि सार्वजनिक गरिएको श्रेष्ठको भनाई छ । उहाँका अनुसार निलो आयल स्टोर भएर जिल्ला प्रहरी कार्यालय अगाडी गणेशमान चोकहुँदै पूरानो भूमिसुधार कार्यालय, बगलामुखी मन्दिर, पुरानो हुलाक कार्यालय भएर राधाकृष्ण चोकहुँदै पुन कृष्ण मन्दिरमा पुगी रथयात्रा सकिने उहाँले बताउनु भएको छ ।
रथयात्रा गरिने मार्गहरुमा रथारुढ कृष्णको विविध सामाग्री सहित पूजा अर्चना गर्न उहाँले सनातन धर्मावलम्बीहरुलाई आग्रह गर्नु भएको छ । साथै रथयात्रामा सहभागी हुन सम्पूर्ण श्रद्धालुहरुलाई अनुरोधगर्दै सोही दिन कृष्णमन्दिरमा गरिने भण्डारा, प्रसाद वितरण कार्यक्रममा समेत सबैलाई सरिक भैदिन संयोजक श्रेष्ठले विनम्र अनुरोध गर्नु भएको छ ।
२६ °C काठमाडौं
Facebook Comments