रेडक्रस सोसाईटी उपशाखा गुलरिया (क) को सभापतिमा तिमिल्सिना निर्वाचित
विष्णु अधिकारी, २८ माघ, गुलरिया (बर्दिया) । नेपाल रेडक्रस सोसाईटी गुलरिया (क) शाखाको सभापतिमा समावेशी प्यानलतर्फका तुलसी प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । समाजसेवी तथा जुझारु साझा प्यानलका गोविन्द प्रसाद लामिछानेलाई ७६ मतले पछिपार्दै तिमिल्सिना विजयी हुन् ।
तिमिल्सिनाले ३०४ र लामिछानेले २२८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । एकजना सदस्य बाहेक सम्पूर्ण पदमा तिमिल्सिनाको प्यानल निर्वाचित भएको छ । उपसभापति पदका विजेता प्रेमकुमारी रिजालले ३ सयमत प्रतिद्वन्दी रेखा राईनले २१२ मत, सचिव बलराम पौडेल २८२ प्रतिद्वन्दी वावुराम कंडेलले २४३, कोषाध्यक्ष अशोकराज पोख्रेल २७७ प्रतिद्वन्दी कुमार पुरी २३७ उपसचिव कृष्णप्रसाद तिमिल्सिना ३४६ प्रतिद्वन्दी नारायण प्रसाद चौधरीले १७१, उपकोषाध्यक्ष प्रभा केसी ३०९ प्रतिद्वन्दी कृष्णमोहन थारुले २०० मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यहरुमा सरस्वती विक २६७ र भवानी कुमारी खत्री २२८ मत प्राप्त गरी विजयी भएका छन् । खुला सदस्यहरुमा माधव प्रसाद पोखरेल २६५, सुशील प्रसाद उप्रेती २६३, प्रताप पोखरेल २५० र विरबहादुर वूढाथोकी २२८ मत प्राप्त गरी विजय भएको निर्वाचन समितिले जनाएका छन् । सदस्यका प्रतिद्वन्दीहरु उपेन्द्रकुमार पोखरेल २२०, अयोध्याप्रसाद गोडिया २१८, राजकुमार लोध १९९, खुमलाल सुवेदी १९१ र मोलहे गोडियाले ५२ मत प्राप्त गरेका छन् ।
Facebook Comments