फूलबारी कप शुक्रबारको दोस्रो खेलमा डफैयाको जीत
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा डफैया विजयी भएको छ । एफसी बर्दियालाई पराजीतगर्दै डफैयाले खेल जितेको हो ।
डफैयाले एफसी बर्दियालाई ० का विरुद्ध १ गोलले पराजित गरेको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । दोस्रो दिनको पहिलो खेलमा नेपाल प्रहरी विशेष सुरक्षा बलले गेरुवा टीमलाई पराजीतगर्दै विजयी भएको हो । नेपाल प्रहरी विशेष सुरक्षा बलले १ का विरुद्ध ३ गोलगर्दै जित हासिल गरेको छ ।
सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा प्रतियोगिता शुरु गरिएको छ । खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६ र ८ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।
२५ °C काठमाडौं
Facebook Comments