जातिय छुवाछूत रोक्ने धर्मगुरुहरुको प्रतिबद्धता
बर्दिया, ११ फागुन । बर्दियाको मधुबन नगरपालिकामा जातीय छुवाछूत तथा विभेद अन्त्यका लागी सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन । बिहीवार दलित महिला संघ बर्दियाले आयोजना गरेको जातिय छुवाछूत तथा भेदभाव न्यूनीकरणमा धर्मगुरु तथा अन्य सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन ।
कुनै पनि नागरिकले मान्दै आएको आफ्नो धार्मिक मान्यता वा मान्दै आइरहेको धर्ममा जातीय बिभेद् तथा छुवाछूत बारे कुनै पनि कुरा नभनिएको भएपनि समाजमा अझै पनि समस्या रहेको सहभागीले बताएका छन । प्रायः मानिसले गर्ने शुभकार्य तथा अन्य सामुहिक कार्यमा बिभेदको घटना हुने भएकोले उक्त कार्यमा धार्मिक अगुवाहरुको महत्वपुर्ण भुमिका भएकाले जवाफदेहि बन्न समेत सहभागीले सुझाएको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले प्रष्ट पार्नुभयो । गाउँ घरमा हुने हरेक किसिमका धर्मिक तथा अन्य कार्यक्रममा हुन सक्ने बिभेदलाइ रोक्नको लागि आफुहरु लाग्ने प्रतिबद्धता सहभागीले जनाएका थिए ।
२३ °C काठमाडौं
Facebook Comments