समाचार प्रभाव : बजार क्षेत्रको फोहर उठाउँदै गुलरिया नगरपालिका
विष्णु प्रसाद अधिकारी, ३ असोज, बर्दिया । ‘गुलरिया नगरपालिकाको फोहर नउठ्दा र्दुगन्ध बढ्दै’ शिर्षकको समाचार चुरेकुञ्जमा प्रकाशित भएसँगै गुलरिया नगरपालिकाले बजार लगायत टोलहरुमा जमा भएको फोहर उठाउन शुरु गरेको छ । जेनजेड पुस्ताले गरेको आन्दोलन पश्चात फोहोर उठ्न नसक्दा नगरको बजारक्षेत्र दुर्गन्धित बन्दै गईरहेको थियो ।
गुलरिया नगरपािलका वडा नम्बर ६ का वडा अध्यक्ष एवम् गुलरिया नगर प्रवक्ता सुधाशु प्रकाश शर्माले कर्मचारीहरु फोहर उठाउन नसक्रिएपछि फोहर नउठेको बताउनु भयो । आन्दोलनको दोस्रो दिन नगरपालिका तोडफोडसँगै फोहर उठाउने ट्रयाक्टरको ब्याट्री चोरी भएपछि फोहर उठाउन कठिनाई भएको थियो । मिडियामा प्रकाशन भएको समाचारलाई https://churekunja.com/news/detail/2619 गुलरिया नगरपालिकाले पृष्टपोषणका रुपमा लिई फोहर उठाउने कर्मचारीलाई मनाएर फोहर उठाउन शुरु गरेको गुलरिया नगरपालिका शहरी विकास शाखा प्रमुख अर्जुन लम्सालले बताउनु भयो ।
आजबाट फोहर उठाउन शुरु भएको छ । एकसाता भन्दा बढी संकलन भएको हुँनाले फोहोर धेरै छ । क्रमशः उठाएर सिद्धाउँछौं । उहाँले भन्नुभयो, स्थानियहरुलाई चिन्ता लिनु पर्दैन । डम्पि∙ साईटका कर्मचारीलाई मनाएर आज फोहोर उठाएका छौं । भोलिदेखि अन्य कर्मचारीहरुले नियमित फोहर उठाउँछन् । नगरपालिकामा तोडफोड भैसकेपछिको श्रृजित परिस्थीले स्थानियहरुमा पर्न गएको कठिनाई प्रति हामी क्षमाप्राथी छौं, प्रमुख लम्सालले भन्नुभयो । नगरपालिकाले फोहर उठाउन थालेपछि स्थानियहरु खुशी भएका छन् ।
Facebook Comments