• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
उज्यालो नेपाल नै अबको निकास हो : मन्त्री घिसिङ

केशव कोइराला, पुष ०२, बर्दिया । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी परिवर्तनको पार्टी भएकाले अबको राजनीतिक निकास उज्यालो नेपाल नै भएको बताउनु भएको छ । उज्यालो नेपाल पार्टी बर्दियाले राजापुरमा आयोजना गरेको ‘उज्यालोका नायकसँग नागरिक सभा’ लाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशलाई सही दिशामा अघि बढाउन नयाँ सोच, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीति आवश्यक रहेको उल्लेख गर्नुभयो । 

सत्ता र शक्ति भन्दापनी काम गर्ने आफ्नो पार्टीको मुल मन्त्र भएकाले राजनीतिमा सहि ब्याक्तिको खाँचो रहेको बताउनु भयो । सहि ब्यक्ति छान्ने काम जनताको भएको भन्दै मन्त्री घिसिङले आगामी निर्वाचनमा सहि ब्याक्ति छान्न सबैमा आग्रह गर्नुभयो । उहाँले उज्यालो नेपाल पार्टीले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर परिवर्तनको एजेण्डा अघि सारेको बताउनुभयो । 

मन्त्री घिसिङले बर्तमान सरकारमा थारु समुदायबाट मन्त्री बनाउन आफुले माग अघि सारेको भन्दै यसपछिको सरकारमा थारु समुदाय बाट मन्त्री, प्रधानमन्त्री भएको देख्न पाउनुपर्ने आफो चाहाना भएको बताउनु भयो । किसानले मलको समस्या भोगिरहेको सन्दर्भमा कृषि मन्त्रीलाई यो विषयमा ध्यानाकर्षण गराउने बताउनुभयो ।  

उहाँले नागरिकको सहभागिताबाट मात्रै दिगो परिवर्तन सम्भव हुने उल्लेख गर्दै उज्यालो नेपाल पार्टी त्यसतर्फ अग्रसर रहेको बताउनुभयो । कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय, लुम्बिनी प्रदेश सान्सद धर्म बहादुर चौधरी, स्थानीय नागरिक, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । केन्द्रिय सदस्य सोम डेमनरौराको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

Facebook Comments