• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
गरे ‘सबैथोक नेपालमै छ’

मुकुन्द अर्याल, १५ पुष, बर्दिया । प्रसङ्ग गत सालको हो । लन्डन बसाइको क्रममा विभिन्न नेपाली युवाहरूसँग बस्ने अन्तरक्रिया गर्ने अवसर पनि जुर्यो । देश बाहिर नेपाली भनेपछि चाहे जुन प्रदेश, अञ्चल या जिल्लाको किन नहोस तेह्र दिने दाजुभाइ जस्तै लाग्दो रहेछ । यति सम्म कि एउटा इण्डियन भेट्दा पनि नुन सापट लिन जाने छिमेकी जस्तै लाग्ने । आफ्नो गोल, आफ्नो भाषा, आफ्नो भेष, राष्ट्रियताको महत्व बास्ताबमा देश छोडेर बाहिर जाँदा पो हुँदो रहेछ । 

“घरकी मुर्गी साग बराबर“ भन्ने उखान त्यहाँ गएर पो बुझियो त ! आफ्नै देशमा बास्ताबमा यसको बास्तबिकता र महत्व कम बुझिदो रहेछ । कहिलेकाहीँ साथीभाईहरु चिया गफमा भन्छन “भारत जस्तै नेपालपनि त्यस समय अंग्रेज साशित भएको भए हामी पनि बिकसित हुन्थ्यौ होला । रेल चढ्न पाइन्थ्यो होला“ अहो कति सजिलै भनिदिन्छन मानिसहरु । राष्ट्रिययता र सार्वभौमिकता के हो भन्ने कुरा त अमेरिका लगायतका देशमा ब्यबस्थापन गरिएका भुटानी शरणार्थीबाट बुझ्नु पर्छ । देश छोडेर अन्यत्र बिस्तापित भएकाहरुबाट पो बुझ्नु पर्छ । आखिर पानीको महत्व कुवा सुकेपछि न हुने हो ।

अहिले युके जानेमा धेरै जसो विद्यार्थी छन् । अझ भनु स्टुडेण्ट भिसामा जानेहरुको संख्या बढिरहेको छ । मेरो बसाई पनि तेस्तै युवाहरुसङ्ग भयो । कफी गफमा पढाइ सकेपछि त फर्कने होला नि नेपाल भन्ने जिज्ञासा मैले राखिहाल्थे । प्रायःको भनाई के छ र त्यहाँ जानू ? के दिन्छ र देशले भन्ने सम्म पो पाएँत मैले । खै मेरो स्याम्पल साइज सानो भएर पो हो कि ! अर्को कुरा अध्ययन भिसामा जाने धेरै जसोले अध्ययन गर्न, योग्यता बढाउन, अध्ययन पश्चात् स्वदेशमै फर्केर केही गर्ने उद्देस्य राखेको मैले पाइन । जसरी हुन्छ त्यहाँ सेटल हुने एक मात्र उद्देश्य । “त्यहाँ के छ र जानू“ ? के दियो र देशले ? यस्ता प्रश्नहरुको जवाफ दिदै भाइहरुको चित्त दुखाउनु या बहस गर्नु मलाई थिएन । एक्लो बृहस्पति झुट्ठा  । 

तर मलाई सोच्न बाध्य बनायो । हो, देशमा आर्थिक बिकास हुन सकेन । राजनीतिक स्थिरता भएन । रोजगारीका अबसर सिर्जना भएनन् । यी अबस्था छन् । तर के छ र त्यहाँ ? के दियो र देशले ? यस्तो अबस्था चाहिँ पक्कै होइन । आज तेसो भनिरहदा ती युवाहरुका बलिया पाखुरामा एउटा डाम छ । खोप लगाएको डाम । राज्यले लगाएको डाम । त्यो हुदैनथ्यो भने के हुन्थ्यो होला ? आज ती सबैको सर्टिफिकेट राख्ने फाइल खोलेर हेर्ने हो भने त्यहाँका प्राबि तह, निमाबि तह, माबी तह, टियुका सर्टिफिकेट राज्यको लगानीबिना पक्कै आएनन होला । एउटा ब्यक्ति त्यहाँ सम्म पुग्दा लाग्ने सम्पुर्ण खर्च पक्कै पनि तेहि देशले पठाएन होला । 

अझ युरोप, अमेरिका जानेले त राज्यले के दियो र ? के छ र त्यहाँ ? भन्न सुहाउँछ जस्तो लाग्दैन । एउटा नर्स तयार गर्न राज्यको लगानी कति छ भन्ने मैले भनिरहनु पर्दैन । स्वदेशमा राम्रै अझ स्थायी रोजगार त्यागेर त्यहाँ पुग्नेहरुले राज्यले के दियो र ? भन्नू त अहो ! के भनौ खै ? घर अघिको बाँझो वारि अरु आएर खनिदेला, फलफूल रोपिदेला अनि लटरम्म फलेका फलफुल ट्याप्प टिपेर क्वाप्प खाउला भनेर कहाँ हुन्छ र ! आफै खन्ने, आफै रोप्ने हो । अर्काको हरियो खेतमा बसेर आफ्नो बाँझो बारीको उत्पादकत्व छैन भनेर भन्नुको कुनै अर्थ छैन । के दिन्छ र त्यो खेतले भन्नुको तात्पर्य पनि छैन । पौरखी पाखुरा त्यो खेतमा चलुन्जेल पूरा परिवार पालेको तेहि खेतले हो । 

सम्बन्धित समाचार

Facebook Comments