• ४ वैशाख २०८३, शुक्रवार
  • २४ °C काठमाडौं
विश्व वातावरण दिवस मनाउन राजापुरका सरोकारवाला एकजुट

केशव कोईराला, २१ जेठ, राजापुर (बर्दिया) । विश्व वातावरण दिवस २०८२ भव्य रूपमा मनाउन बर्दियाको राजापुर नगरपालिकामा सरोकारवाला निकायहरू एकजुट भएका छन् । नगर प्रमुख दिपेश थारूको अध्यक्षतामा सम्पन्न समन्वयात्मक बैठकले वातावरण दिवसका अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी भएका साझेदार संस्था, वडाध्यक्ष, समुदायस्तरिय विपद् व्यवस्थापन समिति, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा र उप–प्रमुख मनकला कुमारी चौधरी लगायत सरोकारवालाहरूले आगामी कार्यक्रमहरूबारे आआफ्नो धारणा राखेका थिए । कार्यक्रम अन्तर्गत कर्णाली नदीको तटीय क्षेत्रका बासिन्दालाई बाढीको सम्भावित जोखिमबाट जोगाउन राजापुर–४, छेदिया क्षेत्रमा बृहत बाढी पूर्वतयारी र प्रतिकार्य पूर्वाभ्यास गरिने प्राक्टीकल एक्सनका कार्यक्रम संयोजक रमेश गौतमले जानकारी दिनुभयो । 

त्यस्तै, वृक्षरोपण, जनचेतना मूलक कार्यक्रम, तथा जोखिमयुक्त समुदायस्तरमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने गतिविधिहरू समेत सञ्चालन गरिने भएको छ । राजापुर नगरपालिकाले वातावरणीय संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रमहरू सफल पार्न सबैको सहकार्य अपेक्षा गर्दै यस बर्ष बाढीजन्य बिपदको जोखिम भएको भन्दै उच्च सर्तकर्ता अपनाउन सवैमा अपिल गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments