राजापुरमा ग्रिन इकोनोमी परियोजनाको अनुगमन
केशव कोईराला, २० भदौ, राजापुर (बर्दिया) । राजापुर नगरपालिका र बाँके युनेस्को क्लबको सहकार्यमा सञ्चालित ग्रिन इकोनोमी परियोजना अन्तर्गत वडा नं ५, ६, ७ र १० मा सञ्चालन भएका विभिन्न कार्यक्रम तथा योजना सम्बन्धी अनुगमन कार्य सम्पन्न गरिएको छ । बिहीवार नगर प्रमुख दिपेश थारुको संरक्षकत्वमा अनुगमन कार्य गरिएको हो ।
नगर उपप्रमुख मनकला कुमारी चौधरीको संयोजकत्वमा वडा अध्यक्षहरू, नगरका कर्मचारी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागितामा अनुगमन टोलीले विभिन्न क्षेत्रको अवलोकन गरेको छ । अनुगमन टोलीले तरकारी खेती, जीविकोपार्जन आर्यजन बेतबाट निर्माण सामग्री उत्पादन, मानव बेचविखन साक्षरता सम्बन्धी कक्षा सम्बन्धी जानकारी लिईएको छ ।
त्यस्तै विद्यार्थीलाई अध्ययन गर्न सहज हुने गरी निर्माणाधीन भवन तथा शौचालय, सडकको अवस्था, विद्यालयमा शुद्ध खानेपानी आयोजना र सार्वजनिक शौचालय लगायतका योजनाको प्रगति बारे जानकारी लिएको छ । अनुगमनपछि सरोकारवालाहरूले ग्रिन इकोनोमी परियोजनाले राजापुर नगर क्षेत्रमा देखिएको आवश्यकता अनुसार योजनाहरूलाई अघि बढाइरहेको र यसले दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
Facebook Comments